बन्द भयो विन्डोज सेभेन: अब के गर्ने ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बन्द भयो विन्डोज सेभेन: अब के गर्ने ?



एजेन्सी- विन्डोज-७ अपरेटिङ सिस्टम मंगलबारदेखि बन्द भएको छ।

माइक्रोसफ्टले आफ्ना प्रयोगकर्तालाई जतिसक्दो चाँडो सिस्टम अपग्रेड गर्न आह्वान पनि गरेको छ।

नयाँ प्रविधिमा ‘फोकस’ हुने भन्दै कम्पनीले विन्डोज-७ बन्द गरेको हो। करिब दुई वर्षअघि नै कम्पनीले यसबारे जानकारी भने दिएको थियो।

विन्डोज-७ बन्द भएसँगै प्रयोगकर्ताले कुनै पनि महत्वपूर्ण सेक्युरिटी अपडेट र उपकरण सुरक्षित राख्ने अन्य सुविधाहरू पाउने छैनन्।

अहिले पनि विन्डोज प्रयोगकर्ताका एक चौथाइले विन्डोज-७ नै प्रयोग गरिरहेको स्टाटकाउन्टरको तथ्यांक छ।

माइक्रोसफ्ट लामो समयदेखि विन्डोज-७ मा ह्याकरहरूको आक्रमणबाट पीडित थियो। विभिन्न भाइरसका कारण प्रयोगकर्ता समस्या परिरहेका थिए।

अब विन्डोज-७ मा कुनै समस्या आए माइक्रोसफ्टले समाधान गर्ने छैन।

‘अपडेट र सुरक्षा सुविधा नभएपछि विन्डोज-७ मा चल्ने उपकरणहरूमा भाइरसको समस्या झन् धेरै हुन्छ’ माइक्रोसफ्टको वेबसाइटमा लेखिएको छ।क्यास्पर्स्की ल्याबका वरिष्ठ सुरक्षा अध्येता डेभिड इमले पनि जतिसक्दो चाँडो प्रयोगकर्ताले नयाँ विन्डोज राख्नुपर्ने सुझाएका छन्।

नभए कम्प्युटरहरूमा भाइरस र अन्य समस्याले आक्रमण गर्नेछ र पूरै बिग्रिन पनि सक्छ।

त्यस्तै ह्याक भएमा कम्प्युटरमा भएका सबै डेटा र विवरण पनि चोरिन सक्छ।मंगलबारबाट विन्डोज-७ बन्द भए पनि कम्प्युटर चलिनैहाल्छ। तर यसमा जोखिम धेरै हुनेछ।

त्यसैले माइक्रोसफ्टले विन्डोज-१० अपग्रेड गर्न भनेको छ।

यो खबरसँगै बेलायती अधिकारीहरूले इन्टरनेट बैंकिङ कारोबार वा इमेल गर्न विन्डोज-७ नचलाउन चेतावनी पनि दिएको छ।