बन्दले जनजीवन प्रभावित काम गरेर खाने भोक भोकै बस्न वाध्य - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बन्दले जनजीवन प्रभावित काम गरेर खाने भोक भोकै बस्न वाध्य



तिलक सुबेदी  / बुटवल, २ पुस । सर रिक्सा दिनुन , हुदैन भाइ  चल्न दिएको छैन । भित्र -भित्र चलाउछु नि ! हुदैन भने पछि जाउँन , हुदैन यो कुराले धनबाहादुरको आखा भरि आशु रसायो ।

15571014_1129572030489911_340773180_n

धनबहादुरले  हिमाल पोष्ट संग भने -‘ के गर्ने घरमा  चामल छैन बाबु र बाबुकी आमा भोक- भोकै छन् । हिजो पनि चलाउन पाइएन आझ पनि यस्तै भो , हामी गरेर खाने अब नाबाचे हुने भो सर ।

सरकरले संसदमा  दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता हुनुपर्ने मागसहित आन्दोलनरत प्रमुख विपक्षी दल नेकपा (एमाले) सहितका पार्टीले आह्वान गरेको तीनदिने आम हडतालले आज दोस्रो दिन पनि  पूर्णरुपले बन्द रहेको  छ ।
बन्दका कारण रुपन्देहीका प्रमुख ठूला सहर बुटवल तथा भैरहवालगायत ग्रामीण क्षेत्रका बजार पूर्णरुपले ठप्प रहेका छन् । आमहडतालमा यातायात, उद्योग व्यवसाय, वित्तिय संस्था, शैक्षिक संस्था पूर्ण बन्द रहेका छन् । बिहानैदेखि बन्दकर्ताले राजमार्गलगायत भित्री सडकमा समेत नारा जुलुस गरेका छन् ।

उनीहरुले एम्बुलेन्स, शव बाहन, प्रेस, विवाह, पर्यटक, दूध बोकेको सवारीलाई निर्वाध चल्न दिने बताएका छन् । तर एम्बुलेन्सको दुरुपयोग रोकेर छानबिन गर्नुपरेको बताएका छन् ।