बन्दसत्रमै ओलीमाथि कड्किए भीम रावल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बन्दसत्रमै ओलीमाथि कड्किए भीम रावल



चितवन- नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमै पार्टीका उपाध्यक्ष भीम रावल कड्किएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले लोकतान्त्रिक अभ्यास र स्वस्थ प्रतिस्पर्धा गर्ने जबजको सिद्धान्त अनुशरण नगर्ने हो भने दुनियाँका सामुन्ने अनुहार देखाउन पनि नसकिने बताएका छन्।

चितवनमा जारी महाधिवेशनको बन्दसत्रमा समय लिएर बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। रावलले ओलीविरुद्धमा चुनाव लड्ने तयारी गरेका छन् ।

बन्दसत्र हलले सहमतिमा नेतृत्व चयनका लागि उम्मेदवारको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि रावलले समय मागेर बोल्न सुरु गरेका थिए। त्यसक्रममा उनले हलले गरेको निर्णयप्रति नै आपत्ति जनाए।

‘हाम्रो विधानको धारा १६ मा राष्ट्रिय महाधिवेशनबाट निवार्चित गर्ने भनिएको छ,’ उनले भने, ‘यस्तो हो भने अब उप्रान्त निर्वाचन हुँदैन, फलानोले प्रस्ताव गरे हुन्छ भनेर विधानमा लेखौं। दुनियाँका सामुन्ने हामीले कसरी अनुहार देखाउने?’

रावलले सहमति राम्रो कुरा भएको तर जबज अनुशरण गरेर अघि बढ्नुपर्ने बताए। ‘लोकतान्त्रिक अभ्यास, स्वस्थ प्रतिस्पर्धा गर्ने जबजको सिद्धान्त हो, सजिलो परेका बेला भइहाल्छ भनेर जाँदा पछि अप्ठ्यारो पर्नसक्छ,’ उनले भने।