बन्दका कारण विहानै देखी जनजिविका प्रभावित - Himal Post Himal Post
  • १६ चैत्र २०७९, बिहीबार
  •      Thu Mar 30 2023

बन्दका कारण विहानै देखी जनजिविका प्रभावित



बिकास गौतम

बुटवल,कात्तिक २८

     विभिन्न माग राख्दै विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दको कारण आज विहानै देखी रुपन्देहि लगायत अन्य जिल्लाको जनजिविका प्रभावित भएको छ । जनजिविका, राष्ट्रियता, भ्रष्टचार, कालाो बजारी खाद्य सम्प्रभुता लगायतका माग राख्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज एक दिन नेपाल बन्दको आह्वान गरेको हो । बन्दको कारण आज विहानै देखी यस क्षेत्रमाा लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा आउन सकेका छैन्न । बन्दको कारण आज विहानै देखी बुटवल बजार पनि पुर्ण रुपमा बन्द रहेको छ । छिटुफुट मात्रामा मोटरसाइकलहरु चले पनि लामो तथा छोटो दुरीका सार्वजनीक सवारी साधनहरु भने संचालनमा नआउदा टाढा टाढा जाने यात्रुहरुले समस्या भोग्नु परेको छ । बन्दमा हिसात्मक गतिविधि नहुन दिनको लाागी आज विहानै देखी नेपााल प्रहरीहरु बुटवल लगायतकाा बजारका चोक चोकमा प्रहरीहरु तैनाथ गरिएपनि सडकमा भने बन्द कर्ताको अनुपस्थिती रहेको छ । यसैविच बन्दको पुर्वसन्ध्यामा विप्लव माओवादीले हिजो साझ बुटवलमा निकालेको राके जुलुसमा प्रहरीले दमन गरेको छ । बुटवलका तीन छुट्टाछुट्टै स्थानबाट निकालिएकोज्ञ रांके जुलुसमा प्रहरीले दमन गर्दै जुलुसमा सहभागि पार्टिका ५ जना कार्यकर्ताहरुलाई नियन्त्रणमा समेत लिएको छ । पार्टि कार्यालय अगाडिबाट ४ जना र राजमार्ग चौराहाबाट १ जनालाई कार्यकर्तालाई नियन्त्रणमा लिएको पार्टिले जनाएको छ । प्रहरीले एम बि साही, धन बहादुर बिक, आकाश बनिया र बाशु रिजाललाई पक्राउ गरेको हो । यसैविच विप्लव माओवादीले आह्रवान गरेको बन्दले कपिलवस्तु पनि पुर्ण रुपमा प्रभाव परेको छ । बन्दको कारण कपिलवस्तुको जिल्ला सदरमुकाम तौलीहवा, चार नम्बर, चन्द्रौटा, कृष्णनगर लगायतका बजारहरु पुर्ण रुपमा ठप्प रहेको छ । बन्दका कारण आज विहानै देखी लामो तथा छोटो दुरीका सार्वजनीक सवारी साधनहरु नचल्दा यात्रीहरुले शास्ती भोग्नु परेको छ । बन्दको कारण कपिलवस्तु क्षेत्रका शैक्षिक सस्थाहरु खुल्न सकेका छैन्न । बन्दको कारण आज विहानै देखी सो क्षेत्रको जनजिविका विहानै देखी प्रभावित भएको त्यहा स्थित हाम्रा संवाददाता गणेश पोख्रेलले जानकारी दिएका छन् ।