बन्द सधैको लागी बन्द भन्दै युवाले निकाले विरोध र्याली - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बन्द सधैको लागी बन्द भन्दै युवाले निकाले विरोध र्याली



तिलक सुवेदी / हिमाल पोष्ट, बुटवल
बन्द सधैको लागी बन्द भन्दै युवाले आज बुटवलमा विरोध र्याली निकालेका छन ।
नेत्र विक्रम चन्द विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दको विरोधमा युवाहरुको फेसबुक संगठन मेन्स रुम रिलोडेड र विवेकशिल नेपालीले आज सयुक्त रुपमा बुटवलमा विरोध र्याली निकालेका हुन ।

उनीहरुले बन्दको विरोध गर्दै विभिन्न बन्द विरोधी नारावाजीका साथ मोटरसाइकल र्याली समेत निकालेका छन् ।
“बन्दले कसैको भलो हुँदैन युवा हेमराज अधिकारिले भने ।

बुटवलको मिलन चोक देखी मोटरसाइकलमा युवाहरु बन्दको विरोधमा पसलका सटरहरु खुलाउन व्यवसायीहरुलाई आग्रह गर्दै ¥याली निकालेका हुन । उनीहरुले नेपाल खुला छ, बन्द सधैको लागी बन्द गरौ, युवाहरु सधै बन्दको विरुद्धमा छौ, लगायतका बन्द विरोधी प्लेकार्ड बोकेका युवाहरुले बन्दको विरोध गरेका छन् ।