बंगलादेशमा जहाज दुर्घटना: कम्तिमा ३२ को मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बंगलादेशमा जहाज दुर्घटना: कम्तिमा ३२ को मृत्यु



एजेन्सी- बंगलादेशको राजधानी ढाका नजिक सोमवार एउटा सानो यात्रुवाहक पानी जहाज पल्टिँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ भने थुप्रै व्यक्ति अझै हराइरहेका छन् ।

उद्धार अधिकारीहरुका अनुसार मर्निंग बर्ड नामक सो जहाज मुलुककै सबैभन्दा ठूलो नदिय वन्दरगाह सादारघाट नजिकको बुरीगंगा नदिमा अर्को जहाजसंग ठोकिएको हो ।

स्थानिय संचार माध्यमका अनुसार बंगलादेशको मध्यभागमा रहेको एउटा गाउँबाट आएको सो जहाजमा करिव ५० जना व्यक्ति सवार थिए ।

क्षमता भन्दा बढि यात्रु चढाउने वा मर्मत सम्भारमा ध्यान नदिइने भएकाले बंगलादेशमा वारम्वार जहाज दुर्घटना हुने गरेको छ । प्रत्यक्षदर्शीहरुले अधिकांश यात्रु जहाजको क्याविनमा फसेको पत्रकारहरुलाई बताएका छन् ।