सकीबको शतक : बंगलादेशले जित्ने पक्का - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सकीबको शतक : बंगलादेशले जित्ने पक्का



एजेन्सी – अलराउन्डर सकिब हल हसनले एक दिवसिय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध सानदार शतक प्रहार गरेका छन् । यो शतकसँगै ३ सय २२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश जिततर्फ लम्केको छ ।

सकीब ८३ बलमा आफ्नो वान डे करियरको नवौं तथा यस विश्वकपमा दोस्रो शतक प्रहार पुरा गरे । सकिबले ३४ ओभरको अन्तिम बलमा ओशन थोमसलाई चौका प्रहार गर्दै शतक पुरा गरेका थिए । सकिबले यस अघि इंग्ल्यान्डविरुद्ध पनि उत्कृष्ट शतक प्रहार गरेका थिए । सकिब ८५ बलमा १३ चौका सहित १ सय १ रनमा खेलि रहेका छन् । सकिबलाई लिटन दासले ५१ रन बनाई राम्रो साथ दिएका छन् । लिटन र सकिबले चौथो विकेटका लागि १ सय २० रनको साझेदारी गरि सकेका छन् ।

नवौं ओभरको दोस्रो बलमा आन्द्रे रसेलले क्रिस गेलबाट क्याच गराउनु अघि सौम्य सरकारले २३ समान २ चौका र छक्का सहित २९ रन जोडे । १८ ओभरको तेस्रो बलमा शिल्डन कर्टेलले रन आउट गर्नु अघि अर्का ओपनर तामिम इकवालले ५३ बलमा ६ चौका सहित ४८ रनको योगदान दिए । मुश्फिकुर रहिम १ रनमा आउट भए ।

३ सय २२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले यो समचार तयार पार्न सम्म ३५ ओभरमा२ सय ५३ रन बनाउन ३ विकेट गुमाएको छ । यस लक्ष्य पुरा गरे बंगलादेशले वेस्ट इन्डिजलाई विश्वकपमा पहिलो पटक पराजित गर्ने छ ।