बंगलादेशमा १० वटा हिन्दु मन्दिरमाथि हमला « Himal Post | Online News Revolution
Logo

बंगलादेशमा १० वटा हिन्दु मन्दिरमाथि हमला



१६ कात्तिक, काठमाडौं । बंगलादेशमा एक व्यक्तिले फेसबुकमा गरेको इस्लामविरोधी पोस्टका कारण बढेको तनावपछि केही हिन्दु मन्दिरहरुमा तोडफोड भएको छ ।
बीबीसीले जनाए अनुसार बंगलादेशको ब्राह्मणबरिया जिल्लाको नासिरनगरमा उपद्रो मच्चाउने एउटा समूहले हिन्दुहरुको मन्दिर र घरलाई निशाना बनाएका छन् ।
बंगलादेश प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार त्यहाँका हिन्दुहरुका करिब २० वटा घर जलेका छन् ।

त्यसैगरी कम्तिमा १० वटा मन्दिरमा तोडफोड र लुटपाट भएको छ । मुस्लिम बाहुल्य बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि यस्तो आक्रमण हुनु नयाँ घटना नभए पनि यो आक्रमण त्यसबेला भएको छ, जतिबेला हिन्दुहरु आफ्नो महान चाड तिहार बनाइरहेका थिए ।

अनालाईनखबर