बैगलोरमा अज्ञात समुहद्वारा नेपाली युवा माथि आक्रमण, अवस्था गम्भिर - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बैगलोरमा अज्ञात समुहद्वारा नेपाली युवा माथि आक्रमण, अवस्था गम्भिर



बैंगलोर, १० चैत्र ।

अज्ञात समुहको आक्रमणमा परि बैंगलोरमा एक नेपाली गम्भिर घाईते भएका छन ।

घाईते हुनेमा वझांग जिल्ला जयपृथ्विी नगरपालिका वार्ड न १० विउराडि निवासी दिपकराज उपाध्याय रहेका छन । डिउटिमा वसेका उपाध्याय माथि अज्ञात समुहले ढुगां मुडा गरेको जनाईएको छ । ‘म डिउटीमा वसेको थिए, कस्ले र कतावाट आक्रमण ग¥यो, मलाई केहि थाहा छैन’ उपाध्यायले बताउनुभयो । उपाध्यायको टाउकोमा गम्भिर चोट लागि १४ ओटा टाँका लागेको छ ।

घटना घटे लगत्तै पुगेका आफन्तको सहयोगमा उनलाई अस्पताल लगिएको थियो । अहिले निÞजको वैगलोर स्थित विक्टोरिया हस्पिटलमा उपचार भैरÞहेको छ । घाईते उपाध्यायको नाक र मुखवाट अझैपनि रगत बगिरहेको उनका आफन्तले जानकारि दिएका छन । घाईते उपाध्याय विगत लामो समय देखि बैगलोर स्थित के.वि.एम.रोडको एक कम्पलेक्समा कार्यरत नेपाली हुन ।

नेपालभारत