बेङ्लोरविरुद्ध मुम्बई सानदार खेल- आठौँ स्थानबाट एकैचोटी तीनमा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बेङ्लोरविरुद्ध मुम्बई सानदार खेल- आठौँ स्थानबाट एकैचोटी तीनमा



काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । मंगलबार वान्खडेमा सम्पन्न खेलमा बेङ्लोरले प्रस्तुत गरेको २०० रनको लक्ष्य मुम्बईले निर्धारित १६.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईको जितमा सूर्यकुमार यादवले ८३ रन बनाए । सूर्यकुमारले ३५ बलमा सात चौका र ६ छ्क्का प्रहार गरे । नेहल वाधेराले ३४ बलमा चार चौका र तीन छ्क्कासहित ५२ रन थपे । ओपरनर इशान किसनले ४२ रन बनाए ।

बेङ्लोरका वनिन्दु हसरङ्गा र विजयकुमार ब्यासकले समान दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको बेङ्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रनको योगफल खडा गरेको थियो ।

बेङ्लोरका ग्लेन म्याक्सवेलले ६८ रन बनाएका थिए । कप्तान फाफ डुप्लेसिसले ६५ रन थपे । दिनेश कार्तिकले ३० रन बनाउँदा केदार यादव र वनिन्दु हसरङ्गाले समान १२ रन जोडे ।

मुम्बईका जासन बह्रेन्डोर्फले तीन विकेट लिए । क्यामरून ग्रीन क्रिस जोर्डन र कुमार कार्तिकेयाले एक/एक विकेट लिए । जितसँगै ११ खेलबाट १२ अंक जोडेको मुम्बई तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक जोडेको बेङ्लोर सातौं स्थानमा छ ।