पैसा राख्न र झिक्न बाहेक सबै सेवा बन्द - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पैसा राख्न र झिक्न बाहेक सबै सेवा बन्द



काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेका छन्।

कोरोना जोखिम बढेसँगै सरकारले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्न निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाहरुले पनि निक्षेप राख्ने र झिक्नेबाहेक अरु सेवा बन्द गरेका हुन्।

बैंकहरुले नियमित रुपमा काउन्टर सञ्चालन गरी पैसा राख्ने र झिक्ने सेवा भने दिइरहेको जनाएका छन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालका अनुसार बैंकहरुले कर्मचारीलाई आलोपालो गरेर नियमित काउन्टर चलाइरहेका छन् । कुनै पनि काउन्टर बन्द भने भएका छैनन् ।

उनले काउन्टरमार्फत् सर्वसाधारणलाई विद्युतीय कारोबारमा प्रोत्साहन गरिएको र शाखाहरुमा सुरक्षात्मक उपाय अपनाइएको जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै बैंकले आफ्नो अत्यावश्यक सेवा नियमित राख्न र यसका लागि रिमोट एक्सेस वर्क फ्रम होम, सिफ्ट वाइज वर्क लगायतका व्यवस्था गर्न सुझाव दिएको थियो ।

त्यस्तै केन्द्रीय बैंकले कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको विजनेस कन्टिन्युटीलाई मध्यनजर राख्दै सकेसम्म थोरै कर्मचारीबाट सेवा सुचारु राख्न पनि निर्देश गरेको थियो।

यसैगरी विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारको सीमा वृद्धि गरेको छ ।

बैंकहरुले अन्तर बैंक एटिएम सेवाका साथै फण्ड ट्रान्सफर समेत निःशुल्क गरेका छन् ।