बैंकबाट ५० लाख सम्मको व्यक्तिगत कर्जा पाइने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बैंकबाट ५० लाख सम्मको व्यक्तिगत कर्जा पाइने



काठमाडौं- बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्मको व्यक्तिगत कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशकामार्फत् सबै प्रकारका व्यक्तिगत कर्जाको सीमा तोकेको हो ।

व्यवस्थाअनुसार ओभरड्राफ्टसहित जुनसुकै शीर्षकका व्यक्तिगत कर्जा प्रतिग्राहक ५० लाखसम्म मात्र पाइन्छ । जसमा निश्चित प्रयोजन नखुलेका ओभरड्राफ्ट, धितो कर्जा, सम्पत्ति कर्जा, टर्म लोन तथा सेयर धितो कर्जालगायत हुन् । यसअघि ओभरड्राफ्टमा मात्र क्याप तोकिएको थियो ।

तर, बैंक तथा वित्तीय संस्थाले आफ्नै मुद्दती निक्षेप रसिद, सुन चाँदी एवं नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको ऋणपत्रको धितोमा कर्जा प्रदान गर्न र शतप्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न यस व्यवस्थाले बाधा पुर्‍याउने छैन ।

एकीकृत निर्देशिकाअनुसार सेयर धितो ऋणको सीमा ६५ प्रतिशतबाट ७० प्रतिशत पुगेको छ भने १ सय ८० दिनको अन्तिम मूल्यका आधारमा दिइने ऋण १२० दिनको अन्तिम मूल्यमा दिइनेछ ।

व्यवस्थाअनुसार यदि कसैले ५० लाखभन्दा बढी कर्जा लिएको भए २०७९ असार मसान्तभित्र ५० लाखभित्र ल्याइसक्नुपर्नेछ ।