कर्मचारीको मिलेमतोमा बैंकको साढे १५ करोड हिनामिना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कर्मचारीको मिलेमतोमा बैंकको साढे १५ करोड हिनामिना



काठमाडौं, भदौ ४ ।

नेपाल बैंक लिमिटेडको १५ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा ११ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले भदौ २ गते ११ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका ११ जनाले नेपाल बैंक लिमिटेडको धरान शाखामा सुन कर्जा लिने दिने गरी कर्मचारी कै मिलेमतोमा १५ करोड ५१ लाख ४३ हजार नौं सय पाँच रुपैयाँ घोटाला गरेका थिए ।

पक्राउ परेका उनीहरुलाई उच्च अदालत विराटनगरमा सात दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिक अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा धरान नगरपालिका–४ का ज्ञानेन्द्र पुरकटी, धरान कै सन्जित रसाइली, इटहरीका माधव रिसाल, धरानका सन्तोष रसाइली, सुनिल विक, सनुसरीको प्रकाशपुरका लालबहादुर विक छन् ।

त्यस्तै नेपाल बैंक लिमिटेडको धरान शाखाका तत्कालीन खचान्जी होमबहादुर भट्टराई, सहायक शाखा प्रबन्धक राम किशोर मेहता र शंकर न्यौपाने, धरान शखामै कार्यरत सानुबाबु श्रेष्ठ र विराटनगर शाखाका प्रबन्धक पुष्पराज घिमिरे छन् ।