बैंकमा किन थुप्रियो पैसा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बैंकमा किन थुप्रियो पैसा



भदौ २८, काठमाडौं-

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ ।

हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

तरलता अभाव शुरु भएको करिब एक बर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बठेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए ।

उनले भने,
-हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको छ ।

-निक्षेप वृद्धिदर १४ प्रतितभन्दा माथि उक्लिएको छ ।

-कर्जा प्रवाह १८/१९ प्रतिशतमा खुम्चिएको छ ।

-पुँजी वृद्धि योजना पनि अधिक तरलताको अर्को प्रमुख कारण हो ।

-पुँजी वृद्धि योजनाअनुसार ६५ अर्ब पुँजी बैंकहरुमा थपिएको छ ।