बार्सिलोनाको बिजोग - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बार्सिलोनाको बिजोग



एजेन्सी : स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा ओसासुनासँग २–२ को बराबरीमा रोकिएको हो । स्टार खेलाडीहरु, मेसी, स्वारेज बिना मैदानमा उत्रिएको बार्सिलोना सातौं मिनेटमा पेनाल्टीमार्फत गोल खाँदै १–० ले पछि परेको थियो । रोबेर्टाे टोरेजले पेनाल्टीको सदुपयोग गरी गोल गरेका थिए ।

ओसासुनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना पहिलो हाफमा १–० ले पछि थियो। ५१औं मिनेटमा अन्सुमान फातीले गोल गरी खेल बराबरी बनाए। ६४औं मिनेटमा अर्थुर रामोस मेलोले गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको उत्तरार्द्धतिर ओसासुनाले पुन पेनाल्टीको अवसर पायो । ८१औं मिनेटमा रोबेर्टाे टोरेजले पेनाल्टीमार्फत फेरि अर्काे गोल गरी खेल बराबरी गरे ।

गत दुई सिजन लगातार उपाधि जितेको बार्सिलोनालाई यस सिजनमा भने धक्का लागिरहेको छ । पहिलो खेलमा पराजित भएको बार्सिलोनाले दोस्रो खेलमा जित निकालेको थियो । तेस्रो खेलमा बराबरीमा रोकिँदा ४ अंकसहित अंक तालिकाको सातौं स्थानमा सीमित भएको छ । गत सिजनमा बार्सिलोनाका लागि धेरै गोल गर्ने मेसी र स्वारेज यस सिजन अहिलेसम्म मैदानमा उत्रिएका छैनन्। यसै सिजन बार्सिलोनामा प्रवेश गरेका फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यान भने सुरुकै खेल देखि खेल्दै आएका छन्।

ला लिगाको शनिबारका अन्य खेलमा लेभान्टेले रियल भाल्लाडोलिडलाई २–०, रियल बेटिसले लेगानेजलाई २–१ ले हराए । गेटाफे र आलाभेजले १–१ को बराबरी खेले ।