बर्दिबासमा कर्फ्यु आदेश - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बर्दिबासमा कर्फ्यु आदेश



काठमाडौं- बर्दिबासमा बुधवार बिहान ९ बजेदेखि बिहीवार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो ।

६ वर्षीया बालिका गुलाव साह खातुनको हत्या भएपछि स्थानीय आन्दोलित भएका छन् । मंगलवार भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा स्थानीय सञ्जय न्यौपानेको मृत्यु भएपछि थप आक्रोश बढेको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटवालका अनुसार पूर्वमा रातुखोला, पश्चिममा माइस्थान, उत्तरमा पाटु र दक्षिणमा क्वार्टर चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी कोही पनि भेला हुन नपाइने जनाइएको छ । राजमार्ग भने खुला रहने सीडीओ कटवालले बताए ।