बार्सिलोना विरुद्ध फिफासँग उजुरी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बार्सिलोना विरुद्ध फिफासँग उजुरी



(एजेन्सी)–

स्ट्राइकर एन्टोनियो ग्रिजमान भित्राउन बार्सिलोनाले अस्वाभाविक प्रयास गरेको भन्दै स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले फुटबलको सर्वोच्च निकाय फिफामा उजुरी गर्ने भएको छ ।

बार्सिलोनाले ग्रिजमान भित्राउन सार्वजनिक रूपमा प्रयास गरेको भन्दै एट्लेटिकोले आरोप लगाएको छ । एटलेटिकोसँग सम्झौतामा रहँदै बार्सिलोनाले सिधा ग्रिजमान र उनको परिवारसँग सम्पर्कमा रहेको उल्लेख गर्दै एट्लेटिकोले असन्तुष्टी जनाएको हो ।

श्रोतहरुका अनुसार २६ वर्षे फ्रान्सेली फरवार्ड अर्को सिजन बार्सिलोनामा आबद्ध हुने लगभग पक्का छ , तर एट्लेटिकोको पक्षमा सुनवाइ भएमा भने बार्सिलोनाले ग्रिजमानलाई भित्राउन पाउने छैन ।

यो उजुरी बार्सिलोनाका लागि भने नयाँ हुने छैन । क्लब विश्व कपको उपविजेता ग्रिमिओले आफ्ना स्टार खेलाडी अर्थर बार्सिलोनाको जर्सीमा उसका खेलकुद निर्देशक रोबर्ट फरन्यानडेजसँगको तस्बिरमा देखिएपछि यसै महिना फिफा समक्ष उजुरी गरेको थियो ।