बाम एकता गर्न खटिएका वर्षमानले कांग्रेसलाई दिए यस्तो चेतावनी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बाम एकता गर्न खटिएका वर्षमानले कांग्रेसलाई दिए यस्तो चेतावनी



काठमाडौं- बाम एकताको लागि निरन्तर खटिएका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले कांग्रेसको चलाखी अब नचल्ने चेतावनी दिएका छन्।

सिन्धुपाल्चोकको चौतारामा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहमा जस्तो प्रदेश र संघको चुनावमा कांग्रेसको चलाखी नचल्ने बताएका हुन्।

स्थानीय तहको चुनावमा कांग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिंग्ल लड्ने र चलाखी गर्ने पुनले जिकिर गरे।

उनले चलाखीका बाबजुद कांग्रेससँग गठबन्धनको औचित्य नसकिएको उल्लेख गरे। ‘कांग्रेसको चलाखीका बाबजुद हामी गठबन्धनलाई निरन्तरता दिन चाहेका छौं,’ उनले भने,‘तर, सम्मानजनक गठन नभए टुट्न पनि सक्छ।’

केपी ओली प्रवृत्तिविरूद्ध बनेको गठबन्धनको निरन्तरता अझै आवश्यक रहेको उनको भनाइ थियो।

‘केपी ओली प्रवृीत्तको कारण संविधान र लोकतन्त्र नै खतरामा परेपछि गठबन्धन बनेको थियो। यो अझै जरूरी छ। आगामी निर्वाचनमा बाम गठबन्धनको चर्चा चले पनि केपी ओली प्रवृत्ति रहेसम्म सम्भवाना छैन,’ उनले भने।