वर्षमान पुनको स्वास्थ्यमा थप समस्या - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

वर्षमान पुनको स्वास्थ्यमा थप समस्या



काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा थप समस्या देखिएको छ । अघिल्लो महिनामात्रै उपचार गराएर चीनबाट फर्केका पुनको स्वास्थ्यमा फेरि समस्या देखिएको हो ।

अनौठो खालको जन्डिसका कारण पछिल्लो केहि वर्षदेखि पुनले लगातार उपचार गरिरहेका छन् । उनको स्वास्थ्यमा समस्या भएकैले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदाको काम समेत रोकिएको छ ।

मस्यौदाका लागि सत्ता साझेदार दलहरुले गठन गरेको कार्यदलको बिहीबारका लागि तय भएको बैठक सरेको छ। अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने कार्यदलका संयोजक समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका थिए ।

‘आजै मस्यौदा टुंग्याउने तयारीमा थियौँ। वर्षमान पुनज्यू अलिकति अस्वस्थ भएर बैठकमा आउन सक्नुभएन। त्यसैले आजको बैठकलाई हामीले भोलि ११ बजेका निम्ति सारेका छौँ। भोलि हाम्रो सबै काम सकिन्छ,’ पौडेलले बिहीबार मन्त्रालयमा पत्रकारहरुसँग भनेका थिए ।

उनका अनुसार, कार्यदलको बैठक बेलाबेलामा बसेर र सरकारमा सहभागी विभिन्न दलका सुझावहरुलाई संगठित गर्दै एउटा मस्यौदा तयार भइसको छ। बिहीबार बैठक बसेको भए मस्यौदामाथि दफावार छलफल गर्दै अन्तिम रुप दिने तयारी थियो।

सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन कार्यदल बनाएका छन्।