ठुलो दुर्घटनामा बालबाल बाँचे वरुण धवन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

ठुलो दुर्घटनामा बालबाल बाँचे वरुण धवन



काठमाडौं- बलिउडका चकलेटी स्टार, अभिनेता बरुण धवन ठुलो दुर्घटनाबाट बाँचेका छन् ।

उनि आफ्नो नयाँ फिल्म कुली नम्बर १ को छायांकनको क्रममा भएको कार दुर्घटनामा कारको ढोकामा अड्किएर बाँचेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

कारलाई भिरमा गुडाउने क्रममा दुर्घटना भएको तर, धवन बालबाल बाँचेको जनाइएको छ।

यो चलचित्रलाई बरुणका बुबा डेविड धवनले निर्देशन गरिरहेका छन् ।

फिल्ममा कारलाई चट्टाने भिरमा कुदाउनुपर्ने दृश्य दिने क्रममा भीरबाट कार तल खसेको निर्देशक धवनले बताए । सो क्रममा कार भिरमा अड्किँदै गर्दा बरुण कारको सिटमा फसेको दृश्यले निकै डराएको पनि निर्देशक धवनले बताए ।

कार भीरमा अड्केको र ढोका नखुलेका कारण बरुण कारको ढोकामा अड्किएको तथा त्यतिबेला कारको ढोका खुलेको भए बरुण सोझै तल खोँचमा झर्ने र त्यतिबेला जे पनि हुनसक्ने घटना निर्देशक धवनले बताए ।