बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा



जर्मन बुण्डेस लिगा फुटबल क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा बार्यन स्पेनिस क्लब सेभिल्लासँग गोलरहित बराबरीमा रोकिँदै समग्रमा २–१ को जितसहित अन्तिम चारमा पुग्न सफल भएको हो ।

पहिलो लेगमा बार्यन २–१ ले विजयी भएको थियो । दुवै तर्फबाट गोल गर्ने केही प्रयास भएका थिए तर त्यसमा सफल हुन सकेनन् ।

इन्जुरी समयको दोस्रो मिनेटमा सेभिल्लाका जुआकिन कोरिया रातो काार्ड खाँदै मैदानबाट बाहिरिएपछि टिम १० खेलाडीमा सीमित भएको थियो ।