बसन्त फिल्मसको प्रस्तुतीमा पन्चे बाजा "अोरालीमा बर”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बसन्त फिल्मसको प्रस्तुतीमा पन्चे बाजा "अोरालीमा बर”बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे

“प्रवासमा नेपाली कलाकारहरु एक हौऔं, नेपाली कला, संस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौं” भन्ने नाराका साथ अगाडी बढिरहेको बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको पन्चे बाजा “ओरालीमा बर” नामक गीति एल्बम युट्युब मार्फत सार्वजनिक गरेको छ ।

इस्वी संवत २०१५ सेप्टेम्बर महिनामा कतारमा स्थापना भएको बसन्त फिल्मस् प्रा.लि. बैधानिक रुपमा नेपालमा दर्ता भै बिधानत पहिलो साधारणसभा पनि संम्पन्न गरिसकेको छ । गित संगीतको क्षेत्रमा अग्रभागमा रही आफनो कार्यलाई निरन्तरता दिइ रहेको फिल्मसले बिसेष त नया र न्यून आय भएका कलाकारलाई प्रोहोत्सान गर्ने गरेको छ ।

लोकप्रिय गायिका देवी घर्ती र सर्जक तथा गायक शरद पाण्डेको आवाज रहेको गीतमा सर्जक पाण्डे कै शब्द रचना तथा चर्चित सर्जक बसन्त थापाको संगीत रहेको छ । गीतको भिडियोमा केशव कंडेल दुलाहा र रन्जिता कटुवाल दुलहीको रुपमा देख्न सकिन्छ । त्यस्तै मन्जिता केसी, ईश्वर काफ्ले, मोहन शाह, तिलु शर्मा पौडेल, मधुसुदन डागी लगायतको अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियोलाई हरिहर महराले छायांकन तथा विष्णु शर्माले सम्पादन गरेका छन । उक्त गीतलाई नेपाली साँगितिक क्षेत्रमा छोटो समयमै चर्चा कमाउन सफल बसन्त फिल्मस् प्रा.लि.ले बजार व्यवस्थापन गरेको हो ।

आफनै कार्यसमिति भित्र र बाहिरका कलाकारहरुलाई समेटेर फिल्मस कै प्रस्तुतिमा पन्चे बाजाको गीति एल्बम “ओरालीमा बर” बजारमा आएको हो । गित सार्वजनिक भएको केही समयमा नै निकै राम्रो प्रतिक्रिया पाएको गायकले बताए । फिल्मसले राष्ट्रिय तथा प्रवासमा रहेका कलाकारहरुलाई सम्मान गर्ने गरेको छ त्यसका साथै विभिन्न म्युजिक भिडियोहरुलाई बजार ब्यबस्थापन तथा बिभिन्न समयमा आपत-विपतमा परेका दिन दुखिहरुलाई आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।