नेपालकी बसन्ती चौधरीलेलाई अन्तर्राष्ट्रिय पुरस्कार एन-पीस अवार्ड प्राप्त - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेपालकी बसन्ती चौधरीलेलाई अन्तर्राष्ट्रिय पुरस्कार एन-पीस अवार्ड प्राप्त



१ मंसिर, काठमाडौं । नेपालकी बसन्ती चौधरीले अन्तर्राष्ट्रिय पुरस्कार एन-पीस अवार्ड जितेकी छन् ।

मानवअधिकार रक्षक तथा कमैया प्रथा उन्मूलन समाज कैलालीकी अध्यक्ष चौधरीसहित सात महिलाले यो अवार्ड जितेका छन् ।

एक दशकदेखि कमैया र कमलरी प्रथा उन्मुलनमा सक्रिय चौधरी मुक्त कमैया पुनस्र्थापन समस्या समाधान आयोगकी सदस्य, महिला मानवअधिकार रक्षक सञ्जाल कैलालीकी सचिव पनि हुन् ।

समाजको सकारात्मक विकासका लागि अहोरात्र खट्ने तर, नाम र दामका लागि ध्यान नदिने व्यक्तिहरुलाई प्रोत्साहन गर्न एन-पीस नेटवर्कले ‘नभनिएको कथा’ विधामा यो अवार्ड दिने गरिएको छ ।