गोकुल बास्कोटा आफैले दिए उजुरी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गोकुल बास्कोटा आफैले दिए उजुरी



काठमाडौं- ७० करोड घुषको आरोप लागेका पूर्व सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा गाली बेइज्जती विरुद्धको मुद्दा लिएर अदालत पुगेका छन्।

आफूविरुद्ध झुट्टा लाञ्छना लगाएको भन्‍दै उनी काठमाडौंमा जिल्ला अदालत पुगेका हुन।

यो बाहेक उनले अडियो टेप सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध उजुरी दिएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘ म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु। धन्यवाद।’

प्रिन्टिङ प्रेस खरिदका क्रममा घुस मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजनीनामा दिएका थिए।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार गरेको भन्दै उजुरी दर्ता भएको थियो।