मन्त्री बाँस्कोटा भन्छन: लोकतन्त्रलाई भाँडतन्त्र बनाउन पाईन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मन्त्री बाँस्कोटा भन्छन: लोकतन्त्रलाई भाँडतन्त्र बनाउन पाईन्न



काभ्रे- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लोकतन्त्रमाथि कतैबाट आँच आउने काम भए सैह्य नहुने बताएका छन् ।

आज काभ्रेमा पत्रकार महासंघ काभ्रे शाखाको भवन उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्र भाँडतन्त्र नभएको बताए । उनले लोकतन्त्रको नाममा जे गरे पनि छुट छ भन्ने सोचाइ राख्नु गलत भएको भन्दै सडकमा ओर्लेरमात्र समस्याको समाधान नहुने भएकाले हातेमालो गर्न आग्रह गरे ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले पत्रकारको न्यूनतम पारिश्रमिकको सन्दर्भमा सरकारले आफ्नोतर्फबाट बाटो बनाइदिएको स्पष्ट पारे । अब सञ्चारगृहहरुले सरकारले भने बमोजिम तलब दिएका छन् कि छैनन्, त्यसको अनुगमन महासंघले गर्नुपर्ने उनको भनाइ थियो ।