हुमागाईंले बास्कोटालाई दिए सुरुवातमै दिए झट्का - Himal Post Himal Post
  • ११ मंसिर २०७९, आईतवार
  •      Sun Nov 27 2022

हुमागाईंले बास्कोटालाई दिए सुरुवातमै दिए झट्का



नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको क्षेत्रमा मतगणना सुरु भएको छ । तर गणनाको सुरुवात उनका लागि अनुकूल देखिएको छैन ।

बास्कोटालाई पहिलो गाँसमै ढुंगा लागेको छ । काभ्रे–२ बाट चुनाव लडेका उनलाई प्रतिस्पर्धीले सुरुवातमै उछिनेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका शिवप्रसाद हुमागाईंले अग्रता लिएपछि उनलाई सुरुवाती झड्का दिएका छन् ।

८८३ मत गणना हुँदा बाँस्कोटा हुमागाईंभन्दा १९१ मतले पछाडि परेका छन्।

निर्वाचन आयोगका अनुसार कांग्रेसका हुमागाईंले ५१४ र बाँस्कोटाले ३२३ मत पाएका छन्।

मतगणना जारी छ ।