मन्त्री हेरफेरपछि सरकार हल्लाउनेगरी बास्कोटालाई आएको एउटा ‘मेसेज’ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मन्त्री हेरफेरपछि सरकार हल्लाउनेगरी बास्कोटालाई आएको एउटा ‘मेसेज’



काठमाडौं- ‘बधाई छ, थप समय मन्त्री भएकामा। सफल कार्यकालको शुभकामना छ’ सञ्चार तथा सूचना प्रविधि गोकुल बाँस्कोटाको मोबाइलमा मन्त्रिमण्डल हेरफेरपछि यस्तै मेसेज आइरहे।

तर एउटा पब्लिकेसन्स हाउसका केही शक्तिशाली व्यक्तिहरूबाट समेत त्यस्तै मेसेज आयो। जुन मेसेजले साताभर नै सञ्चार मन्त्रालयको माथिल्लो तहमा चर्चा पायो।

अन्य धेरै शृंखलामा त्यस्तो मेसेज ठूलो मिडिया हाउस कान्तिपुर पब्लिकेसन्सका प्रभावशाली व्यक्ति रहेको बताइन्छ। २०७६ मंसिर ५ गते मन्त्रिमण्ड फेरबदल राति भएसँगै भोलिपल्ट बिहानै आएको त्यो मेसेजलाई कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मालाई जोडेर सञ्चारका कर्मचारीहरू छलफल गरिरहेका थिए।

२०७६ भदौ ९ गते सोमबार कान्तिपुरले शर्माको नियुक्ति गरेसँगै पत्रकार र कर्मचारीहरूको न्यूनतम पारिश्रमिक नदिनका लागि लबिङ थालेका थिए। सरकारको निर्णय कार्यान्वयन नगरे केएमजी(कान्तिपुर मिडिया ग्रुप) अप्ठेरोमा पर्न सक्ने चेतावनी मन्त्री बाँस्कोटाले दिएका थिए।

पत्रकारलाई सुविधा बढाउन नसक्ने भन्दै नवनियुक्त प्रधान सम्पादक शर्मा नेकपाका केही प्रभावशमाली नेताहरूसँगै बाँस्कोटाको दैलोमा समेत पुगेका थिए। यो खबर आज सोमबार प्रकाशित साँघु साप्ताहिकले छापेको छ।

त्यसअघि नै सके न्यूनतम पािरश्रमिक दिनबाट रोक्ने नसके मन्त्रिमण्डल फेरबदलमा बाँस्कोटा नै फाल्ने योजनासाथ शर्मालाई भित्र्याइएको चर्चा पनि चलेको थियो। त्यो अभियान सफल भएपछि पुगेको मंसिर ६ गतेको त्यो मेसेजले चर्चा पाउने नै भयो।