बाँस्कोटाले भने : व्यवसायीले सरकारसँग सुरक्षा माग्ने हक छैन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बाँस्कोटाले भने : व्यवसायीले सरकारसँग सुरक्षा माग्ने हक छैन



धुलिखेल -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले विप्लव समुहलाई चन्दा दिने व्यवसायीलाई सरकारसंग सुरक्षा माग्ने हक नभएको बताएका छन् । उनले व्यवसायीहरूले विप्लवलाई बन्दुक किन्न पैसा दिएको आरोप समेत लगाएका थिए ।

काभ्रे उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री बाँसकोटाले भने, सरकारले मात्र सुरक्षा दिनुपर्ने ? बन्दुक किन्ने पैसा तपाईं आफै दिने अनि धम्की नआए के आउँछ ?’ बाँस्कोटाले सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्न तयार रहेकाले आन्दोलन घोषणा नगर्न व्यवसायीलाई सुझाव दिए ।

विप्लवको प्रतिकार गर्नसमेत व्यवसायीलाई आग्रह गरे । सरकार मात्रैले विप्लवको प्रतिकार गर्न नसक्ने भएकाले व्यवसायीले पनि प्रतिकार गर्नुपर्ने उनको भनाइ थियो । विप्लवलाई बन्दुक किन्न व्यवसायीले पैसा दिने र सोही पैसाबाट किनिएको बन्दुकले धम्की दिने गरेको भन्दै बाँस्कोटाले त्यस्ता व्यवसायीको सुरक्षा सरकारले गर्न नसक्ने उल्लेख गरे । विप्लव समूहलाई एक रुपैयाँ नदिनू’, बाँस्कोटाले भने ।

बाँस्कोटाले प्रतिबन्धित विप्लव समूहलाई चन्दा नदिन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।