बास्कोटाले गरे राजिनामा नदिने सङ्केत: 'मैले गल्ती गरेकै छैन' - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बास्कोटाले गरे राजिनामा नदिने सङ्केत: ‘मैले गल्ती गरेकै छैन’



काठमाडौं- ७० करोड रुपैयाँ कमिसनका लागि बार्गेनिङ्ग गरेका सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले उल्टै आफूले गल्ती नगरेको बताएका छन् ।

अडियो टेप सार्वजनिक हुँदा पनि बास्कोटाले आफूल गल्ति नै नगरेको जिकिर गरेका बास्कोटाले खाएको बिष मात्र लाग्ने जवाफ फर्काएका छन् ।

‘खाएको विष लाग्छ, नखाएको विष लाग्दैन, एक-दुई दिन पत्रकारलाई मजा लिन दिनुपर्छ’ उनले भने । उनले घुमाउरो पारामा राजिनामा नदिने सङ्केत गरेका छन् ।

उनले आफूलाई यस्ता धेरैको फोन आउने र बार्गेनिङ्ग भैरहने समेत स्वीकार गरेका छन् । उनले भनेका छन् ।’

त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, कतिले मोबाइल रेकर्ड गर्छन्, काम भए गुपचुप राख्छन्। नभए के हुन्छ देखिहाल्नु भयो’ उनले भने, ‘त्यो काम मैले गरें कि गरिनँ हेर्दा होला।’

बास्कोटाले घुमाउरो पारामा प्रस्ताव धेरै आउने र काम हुनेले गोप्य राख्ने नहुनेले मात्र बाहिर ल्याउने समेत जिकिर गरे ।

बास्कोटाले आफूले अडियो टेपबारे पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको बताएका छन् ।