बाँस्कोटाको गृहनगरमा नेकपा एस एमालेभन्दा अगाडी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बाँस्कोटाको गृहनगरमा नेकपा एस एमालेभन्दा अगाडी



नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको गृहनगरमा नेकपा एसले अग्रता लिएको छ । काभ्रेको मण्डनदेउपुरमा ३ सय ५० मत गन्दा मेयरमा नेकपा एसका उम्मेदवार टोकबहादुर तामाङले १ सय ४५ मत पाएर अग्रता लिएका हुन् ।

एमालेका विदुरप्रसाद सापकोटाले १ सय ३८ मत पाएर दोस्रो स्थानमा छन् । उपमेयरमा भने एमालेले अग्रता लिएको छ ।

१ सय ४५ मतसहित एमालेकी सरिता ढकाल पहिलो स्थानमा हुँदा कांग्रेसका विषणुमणि नेपालले १ सय २८ मत पाएका छन् ।

वडा नम्बर १ को वडाध्यक्षमा एमाले अगाडि छ । एमाले उम्मेदवारले १३७, का्रग्रेसले १ सय५, र नेकपा एसका वडाध्यक्षका उम्मेदवारले ५४ मत पाएका छन् ।