महेश बस्नेतको प्रस्तावले देशव्यापी तरङ्ग - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

महेश बस्नेतको प्रस्तावले देशव्यापी तरङ्ग



काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले ल्याएको ८ बुँदे प्रस्तावले एमालेदेखि अन्य पार्टीमा पन तरङ्ग ल्याएको छ । कम्युनिस्ट पार्टीकै नताले पार्टीको बैठकमै धर्मनिरपेक्षता र संघीयता ठिक नभएको आशयले प्रस्ताव ल्याएपछि अहले यो बहसको बिषय बनेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका नेता महेश बस्नेतले संघीयता र धर्मनिरपेक्षताका बारेमा गम्भीर बहसको थालनी आवश्यक रहेको बताएका थिए ।

उनले केन्द्रीय कमिटी बैठकमा “संघीयताको बारेमा समीक्षा गरौँ,” बस्नेतको भनाइ थियो, “मुलुकको विशिष्ट पहिचान घोषणा गरौँ । धर्मनिरपेक्षताको बारेमा बहस गरौँ ।” भन्ने प्रस्ताव गरेका हुन् ।

बैठकमा उनले ८ बुँदा अघि सारेका थिए । उनले शासकीय स्वरुपका बारेमा पनि गम्भीर बहस थाल्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने धारणा राखेका थिए ।

“पार्टी अध्यक्ष २ कार्यकाल र पदाधिकारी ३ कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गरौँ,” उनको भनाइ थियो, “पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन र विधान अनि चुनावको घोषणापत्रमा यो विषय सम्बोधन गर्न कार्यदल बनाऔँ ।”

त्यस्तै पार्टी र राज्यका पदहरुमा युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनले माग गरेका छन् । बस्नेतले पार्टीको महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान तथा चुनावको घोषणापत्रमै यो विषयको सम्बोधन गर्न केन्द्रीय कमिटीबाट कार्यदल बनाउन माग गरेका छन् ।