पुडासैनी प्रकरण: बयानमा के भने रवि लामिछानेले ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पुडासैनी प्रकरण: बयानमा के भने रवि लामिछानेले ?



चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफूले पुडासैनीको भिडियो नहेरेको बताएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबारको बयानका क्रममा लामिछानेले आफूलाई गाली गरेको र आरोप लगाएको भन्ने अरु मार्फत सुनेको तर आफूले भिडियो नहेरेको बताएका छन् ।

पुडासैनीको आत्महत्या प्रकरणमा आत्महत्याका लागि दुरुत्साहन गरेको आरोप लागेका लामिछाने, पत्रकार युवराज कंडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीसँग प्रहरीले हिजो सोमबार बयान लिएको थियो । लामिछानेसँग भने प्रहरीले आज मंगलबार पनि बयान लिने भएको छ ।

पुडासैनीको आत्महत्या प्रकरणको जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ । सिआइबीका एसपी दीपक रेग्मी नेतृत्वको टोली चितवनमा सक्रिय छ ।