दिपक मनाङेबाट हामीले केहि सिक्नुपर्छ- बेदुराम भुसाल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

दिपक मनाङेबाट हामीले केहि सिक्नुपर्छ- बेदुराम भुसाल



काठमाडौं । एकीकृत समाजवादीको महासचिव डा. वेदुराम भुसालले मनाङ प्रदेशसभा ‘ख’बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएर विजयी भएका राजीव गुरूङ दिपक मनाङेबाट सिक्नु पर्ने बताएका छन् । गुरूङलाई पार्टीमा प्रवेश गराएका भुसालले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।

सो क्रममा उनले गुरुङको विगत सर्वसाधारणले नरुचाउने कामसँग जोडिएको र अब सर्वसाधारणले रुचाउने काममा लाग्ने भन्दै प्रतिबद्धता जनाएकाले बताए । गुरुङ हाल गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री पनि हुन् ।

स्वतन्त्र रहेर जनताको काम गर्न असहज हुने हुँदा एकीकृत समाजवादीमा रहेर काम गर्ने गरी प्रवेश गरेको गुरुङद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘एक्लै रहनुभन्दा पार्टीमा आवद्ध भएर काम गर्न अझै सहज हुने भएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको हुँ । पार्टीकोमार्गनिर्देशनअनुसार चल्नेछु । उनी गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री गुरुङ पनि हुन् ।

महासचिव भुसालले गुरुङलाई पार्टीमा प्रवेश गर्दै मानिसलाई विगतलाई मात्रै हेरेर मुल्यांकन गर्नु नहुने बताएका छन् । उनको विगतलाई भन्दा पनि वर्तमान र भविष्य हेर्नु पर्ने बताए ।