बिफ बर्गर ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बिफ बर्गर !



-दीपक घिमिरे

परदेश लोभ्याउने ठुला ठुला महल एकातिर ठडिएका छन् तर मैले काम गर्ने ठाउँ पुरै बगर । खाडी आफैमा एउटा बगर रहेछ । झन् त्यसमाथि सहर भन्दा निक्कै पर बगरको बिचमा बनेको लेबर क्याम्प । चारै दिशामा हेर्दा देखिने भनेकै यही बगर मात्र रहेछ ।

ठुला ठुला गगनचुम्मी घर कि त उतै नेपाल फोटोमा देखियो कि त कहिले काही अबुधाबी या दुबई जाँदा देखिन्छ अरू बेला त यही बगर नै जिन्दगी भयो ।

चिल्ला सडकको पनि आफ्नै कथा छ यहाँ खाडीमा । सहर छिरेपछी हाम्रा घर भन्दा सफा सडक , गाउँ छिरेपछी बालुवाले ढाकेका अदृष्य सडक । तै पनि मन बुझाउनु थियो , कहिले सुबासे लाई भेटने निहुमा सहर छिर्थे त कहिले मस्ती गर्ने निहुमा ।

यस्तैमा एक दिन दुबई जाने योजना बन्यो । रनेदाई हाम्रो ग्रुपको लिडर थिय । उनले योजना सुनाउदै भने “ शुक्रवार ब्यानै हिडने , दिनभर दुबई घुम्ने अनि बेलुका अबुधाबी आएर डान्सबार जाने । ”

सबैले हात उठाउदै भने “ ओके ! ”

शुक्रवार कुर्नै गारो । औलामा दिन गन्दै काममा खटेपछी एक दिन शुक्रवार आयो ।

चाला उहीँ हो ! छुट्टी भनेसी पटक्कै निद्रा नलाग्ने । बिहान तीन नबज्दै सबैका आँखा खुले । पालैपालो बाथरुम छिर्दा बिहान भयो ।

सस्तोमा पाइने फेयर एण्ड लब्ली क्रीम सबैले खाप्चोमा दलेसी सबै गोरा , सेता अनि हेन्सम भए । कोठामा ताला ठोकेर निस्कियौ आजको यात्रामा ।

ट्याक्सी उहीँ पठानका ! एक्लै भएपो डर , उत्ताउलो बन्ने पठान भेटिए उल्टै बलात्कार गर्न सक्ने ग्याङ हामी सँग छ । पठान सँग जिस्किदै हिडियो दुबईको बाटोमा ।

बाटैभरी पिउने कुरा भए , पिलाउने कुरा भए । राम्रा कुरा भए अनि नराम्रा कुरा पनि भए । हास्दै पुगियो दुबई ।

ओ हो ! अचम्मको सहर दुबई ।

एउटा कुरा झ्याप्प याद आयो । गाउँ घरमा हाप पाईन्ट लगाउन लाज मान्ने युवती देख्या मान्छे ! यहाँ त एक अंगुल अनि तुना मात्र बाध्ने कट्टु लगायर चट्ट घाम ताप्दै गरेका युवती पनि देखियो । पछाडि सबै देखियो , अगाडि अलि घोरीयर हेरे सबै देखिने ।

हग्ने लाई भन्दा देख्नेलाई लाज भन्ने उखान छ नि ! ठ्याक्कै त्यस्तै भो । उता सोर बर्से तरुनी पल्टेकी छिन , अलि पर बाइस बर्से अन्टि नुहाउदै छिन । पल्लो छेउमा अधबैशे अंकल र अन्टि मस्त अँगालोमा बेरियर बसेका छन् ।

मलाई लाज लाग्यो , छडके नजरले खुब हेरे । पछि थाहा पाए , यो ठाउको नाम झुमेरा बिच रहेछ । संसार भरका मान्छेहरू घाम ताप्दै नुहाउन आउने सामुद्रीक किनार रहेछ यो ।

नाईटो , फिला अनि पोटिला बक्षस्थल हेर्दै अघाईयो । बाहिर निस्केपछी बल्ल भोक लाग्यो ।

दिउँसो को तीन बजेपछी हामी अनेक ठाउँ घुमेर अबुधाबी फर्कन बसपार्क गयौ । अरू थुप्रै ठाउँ घुमियो , सबै ठाउँ को बयान गर्दैन । किनकि तपाईँहरू आफै आउनुस , घुम्नुस ।

बसपार्कमा अडियर एउटा टिकट लिन लाइनमा बस्यो , रनेदाईहरु जस्ता अग्रज एकातिर अडीए । मलाई बर्गर किनेर ल्याउन पठाए । सबैले दस –दस दिराम उठाएर मलाई बर्गर किन्न पठाएपछी म क्याफ्टेरिया पुगे ।

राम्रो सँग हिन्दी सम्म बोल्न नजान्ने केरलाको वेटरले भन्यो “ कोन सा बर्गर ? बिफ ? ”

कुन खालको बर्गर भन्ने मलाई पनि थाहा थिएन । उसले भनेको कुरामा सहमति जनाउदै मुन्टो हल्लाईदिए ।

बिस मिनेट पछि उसले एक झोला बर्गर दिँदै भन्यो “ फोर्टी दिराम ! ”

मैले पैसा बुझाए , अनि झोला बोकेर बसपार्कमा आए ।

बस स्टार्ट थियो , सबै टिकेट चेक गराउदै चढ्यौ । पाँच मिनेट पछाडि बस गुड्यो । पन्द्र मिनेट पछाडि बसले दुबई छाड्यो ।

सलललल अबुधाबीको बाटोमा बस गुडन थालेसी रनेदाईले भने “ खै बर्गर दे ? ”

सबैलाई एक एक पिस बर्गर हातमा थमाएर मेरो बर्गर खोले । मुख रसाए , घुटुक्क थुक निल्दै एक गाँस ग्वाम्म बर्गर टोके ।

मैले पहिलो गाँस ननिल्दै रनेदाईले भने “ के बर्गर ल्याईस बे ? यो त बिफ बर्गर हो ! ”

बाले , किस्ने अनि बिस्ने हरू झस्किय । मैले चैँ चपाउदै निल्दै भने “ बिफ बर्गर हो ! सस्तो पर्दो रैछ , बिस दिराम बच्या छ । ”

म बाहेक सबैले बर्गरलाई पलास्टिकमा कोचे । रनेदाई रिसले कालो हुँदै भने “ साले गधा ! किन बिफ ल्याको ? चिकेन ल्याउन पर्दैन ? ”

खादा खादैको म टक्क अडीए अनि भने “ मिठै त छ बे ! के हुन्छ र बिफ भए ? खा खा , गजप छ । ”

बिस्नेले टाउकोमा हान्दै भन्यो “ बिफ भन्या के हो थाहा छ ? साले गधा । ”

अहिले चैँ म अचम्म पर्दै सोधे “ के हो र बे ? ”

“ गाईको मासुको बर्गर हो यो पागल । ” किस्नेले रिसाउदै भन्यो ।

मैले झन्डै वाकेन । मलाई निक्कै घिन लाग्यो ।

गाउँ घरमा बिफ भनेको थाहै थिएन । अझ यो गाईको मासु खान्छन भन्ने सम्म थाहा थिएन । गाई खाने विधा भनेको सम्म सुन्या थिए ।

सयौ पटक थुक्दै अबुधाबी आईपुग्यौ ।

सबैले प्याट्ट प्याट्ट मेरो टाउकोमा बजाउदै बिफ बर्गरको रिस उतारे , मैले सबै सहे ।

अबुधाबी उत्रेर बजार घुम्दै गर्दा सात बजिस्क्यो । एउटा डान्स बारमा लगेर रनेदाई , बाले , बिस्ने , किस्ने अनि बखतेहरुले एक एक बियर पिए । मैले जुस खाए ।

हल्का झ्याप भएसी बाले ले भन्यो “ खाली पेटमा बियर झ्याप्प लाग्यो यार । ”

बालेको कुरामा सबैले सहमति जनाउदै भने “ मस्तको नसा दियो यार । अब घुम्न पर्च ”

घुम्ने त भने तर अब कहाँ जाने ? एक छिन छलफल पछि बिस्नेले भन्यो “ नोभोटेल होटेल तिर जाम , चाईनिज माल पाईन्च । ”

“ छ्या ! रन्डोहरु । ” म प्याच्च बोले ।

तर अरू सबैले हो मा हो मिलाए ।

सबै अघि अघि , म पछि पछि । गयौ नोभोटेल होटेल ।

हिडदै गर्दा एउटी निक्कै सुन्दरी मेरै नजिक आएर भनी “ ओन्लि फिप्ती ! ”

उसले के भन्या हो मैले भुझेन । अलि पर पुग्दा फेरि अर्कि आई , खिस्स हास्दै भनी “ ओन टाइम , ओन्लि थर्ती ! ”

म ट्वाल्ल परेर उसलाई हेर्दै थिए , रनेदाई लगायतको ग्याङले चारवटी केटीहरू सँग मोलमलाई गर्दै रैचन ।

म यो केटीको थर्ती मूल्य बाट पन्छिदै आफ्नै ग्याङमा आए । म आईपुग्दा रनेदाईले एउटी लाई अँगालोमा बेरेर ट्याक्सी रोक्यो ।

बाले बिस्ने लगायत सबै एक एक वटीलाई च्याप्दै साईड लागे । म चैँ दङ्ग परेर नजिकै भएको टेबुलमा थचक्क बसे ।

मलाई एक्लै देखेर फेरि एउटी अझ राम्री आईटम आएर भनी “ ओन्लि फिप्ती ! बट स्ताईलीस सर्बिस बेबि ! ”

क्रमशः