बेहुलो हुने इछ्या - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बेहुलो हुने इछ्या



टुकराज सिग्देल

बेहुलो हुने इछ्या कस्लाइ हुँदैन र ? तपाईँ लाई पनि भयो होला र मलाइ भएकै थियो । तर घरमा भन्न सक्दिन थिए , म लाज को पोको थिए ।
विदेश बाट पहिलो छुट्टी नेपाल गए , उमेर २८ भैसकेको थियो । फेरिपनी बिहे को खासै कुरो चलेन । एक दुई बिहेको कुरा चल्थियो म भित्र भित्रै खुसी हुन्थे ।

बाबा भन्नू हुन्थियो ‘ भित्र भित्रै होलान् नि लभसब को चक्कर , तेसैले बिहे को चासो नदेखाएको होला । ’म केही बोल्दिनथे चुप बस्दथे । छैन बिहे गर्देउ भन्न पनि अफ्ठ्यारो लाग्ने ।

यत्तिकै २ मैना हल्लिए र फेरि आफ्नो कर्म भूमि फर्किए यो खाडीमा ।जेनतेन ३ वर्ष पूरा गररे फेरि जन्मभुमी फर्किनी बिचार भइरहेको थियो सधैँ झैँ मम्मी को फोन आयो । सधैँ जस्तो सन्चो बिसन्चो सोध्नु भयो अलि निराश जस्तो मुड मा थिए म ।अलि झ्याउ लाग्दो पारा ले मैले पनि सन्चै छु भने अनि उताको हाल खबर सोधे । सामान्य भलाकुसारी पछि मम्मीले सोध्नु भयो ‘ कहिले फर्कन्छस ?’

मैले जवाफ दिए ‘ साइत कहिले जुर्छ हेरौ ! ’
त्यति भन्ना साथ मेरो मनकै कुरो सोध्नु भो ‘ यस पटक त बुहारी देलास नि ? ’
त्यति खेर मेरो मन भुटेका मकैको फुला जस्तै फुरुङ्ग भो
हल्का लजाउदै भने ‘ आमाको बुहारी कजाउने इछ्या म कसरी नकार्न सक्छु र । ’
फेरि आमा हाँस्दै भन्नू भयो ‘ मेरो इछ्या भन्दा पनि तेरो उमेर गयो फेरि पछि केटी नपाउलास । ल फोन राख भित्र तर्कारी जले जस्तो छ । ’
त्यति भन्दै मम्मी ले फोन काट्नु भो ।

मेरो मन मा कता कता ऊर्जा बढेको जस्तो महसुस भो । अब लाग्थ्यो कि पक्का बेहुलो हुनि भैयो ।मम्मी को फोन आएर मेरै बिहेको कुरो गरे हुन्थ्यो जस्तो लाग्न थाल्यो ।३ साल पुग्न २ महिना बाकी थियो । जति दिन गुज्रियो त्यति नै बेचैनी बढ्न थाल्यो । २ महिना बिताउन ३ वर्ष जस्तो लाग्न थाल्यो । कहिले काहि फोन मा मम्मी ले जिस्काउनु हुन्थो खुसी लाग्थ्यो  । अब फर्कन १५ दिन बाकी थियो , टिकट पनि हात मा आइसकेको । थियो खुसी ले निन्द्रा पनि लाग्न छोड्यो । मुस्किलले डिउटिका दिन गुज्रिदै थियो ।

सधैको टाइममा मम्मी को फोन आयो रेगुलर कुरा त थिदै थियो आजभोलि एक्साइटेड हुँदै बोल्ने गर्थे । मम्मी लाई जान्ने इछ्या रैछ । उहाँले जिस्काउदै सोध्नुभो ‘ म एउटा कुरा सोध्छु नढाटि भन त , तेरो गर्ल्फ्रेन्ड छ कि छैन । ’
उफ ! नभएको गर्ल्फ्रेन्ड मैले पो कहाँ बाट ल्याउथे र । मम्मी सँग अलि खुलेर बोल्न मन लाग्यो । भने ‘ तपाईँको छोरालाई कुनै केटी ले पत्याएनन । ’

मम्मी हास्दै भन्नू भो ‘ चिन्ता नगर ,मैले त बुहारी पनि हेरी सके । तलाई अवश्य मन पर्छ ।’
मैले पनि को भनेर सोधिन त्यतिमै खुसी थिए । अब मेरो बिहे हुनिभो ।
१५ दिन जसो तसो काटे अन्त्तत काठमाडौँ आइपुगे
बेलुकी छ बजेको समय थियो घर तिरै जाऊ कि यही बसु ? एक्छिन दोधार मा परे यतिकैमा मम्मी लाई फोन गरे ‘ म काठमाडौँ बाट गाडीमा बसिसके , खाना बनाएर राख्नु । ’
६ बजे को गाडी छुट्यो १० बजे घर पुगे । जे होस रमाइलो भयो अबेला भैसकेको थियो खाना खाएर सुत्ने मेसो भयो ।
एक्छिन पछि बहिनी पानी छोड्न आइ अनि भन्न थाली ‘ अब त पानी बोक्नेवाली ल्याउन पर्‍यो । ’
यती भनेर उ हास्दै गै , म मस्तले सुते ।

१५ दिन जति आफ्ना आफन्त सँग भेटे सबैले यस्पाली त झ्याइ पार्ने होलानी भन्न थाले । साथिभाइ देखि सबै को मुख मा यही कुरो हुन्थ्यो । मैले पनि मन मनै भन्थे ‘ डाम्ना हो यसरि नै २ वर्ष पैला भनेको भए अहिले छोराछोरी को बाउ भैसक्थे । हल्का मुस्कुराउथे हेरौ भन्थे । बाबा मम्मी को सल्लाह अनुसार अठारौ दिन मा केटी देखाउन लैजाने कुरो भयो ।

बाबा म अनि नारायण ठुलाबा गरेर ३ जना गयौ , मम्मी ले हेरेको केटी को घरमा । हल्का चिनजान चैँ रैछ मम्मी को ।नारायण ठुला बा बोलैया मान्छे ‘ पाहुना आइयो ’ भन्दै घर भित्र पस्नु भयो । साथमा हामी पनि गैयो , हल मा बसियो । घरमुलि आउनु भयो , उनको मम्मीले चिसो तातो सोध्नु भयो । मलाइ पानी मात्रै भने बुवा र ठुला बा चिया भन्नू भो । अर्डर लिएर उहाँ किचन तिर लाग्नु भो । ठुला बा पनि कानेखुसी गर्न किचन तिरै लाग्नु भो

मेरो मन मा कुरा खेल्न थाल्यो हुने वाली कस्ती होली , के के सोधपुछ गर्ने हुन बगेरा बगेरा । सासू आमा त राम्री हुनुहुन्थ्यो छोरी त नराम्रो हुने कुरै भएन । मनमा यस्तै कुरा खेल्दै थियो ।
उनलाई म पो मन पर्छु कि नाइ यस्तै यस्तै कुरा खेली रहेको थियो । त्यतिकै मा ससुराबा पनि बाहिर बाट आउनुभो चिया को चुस्की सँगै कुरा अगाडी बढ्दै गयो ।

आधा आधी कुरा भैसके पछि ससुरा बा ले छोरी लाई बोलाउनु भयो ‘ प्रिय छोरी तल आऊ त । ’म छ्क्क परे कति माया गर्दा रैछ्न , छोरीलाई पनि प्रिय भनेर बोलाउने । तर उनको नाम नै प्रिय रैछ जसै उ कोठा भित्र पसि म त ट्वा परे ।

भौतिक रूपमा ३२ लछिन कै थिइन । पातली पातलि पर्पल कलर को साडी मा साचै परि नै देखिएकी थिइन ।
उन्को घर बाट कुरा ओके भयो । मेरो पनि बाबु जी को तर्फ बाट ओके भयो । तर म उन्को अनुहार छड्के नियालि रहेको थिए । उनको अनुहार को रङ उडेको जस्तो लाग्यो । मलाइ शङ्का ले छोइहाल्यो केटी उतिकै राम्री , भन्छन् नि नराम्रो देखाउनै गाह्रो , राम्रो बचाउनै गाह्रो । यति राम्री को जिन्दगी मा अरू कोही छैन होलार ? मन ले भन्यो भविष्य बुझ केटो ।
बिचैमा कुरा काटेर भने म उनी सँग कुरा गर्न चाहन्छु ।

सबैले ओके भने पछि अलग कोठा मा गैयो । कुरो कहाँ बाट सुरु गरु केही बुझ्नै सकेको थिइन
अफ्ठयारो पारा ले नाम थाहा भए पनि सोधिहाले ‘ प्रिय ! म दीपक ।’
एक छिन चुप रहियो अब के सोधु अल्मलमा परे । अचानक मेरो शरीर मा हलचल आयो , दबङ्ग पारा आयो अनि सोधे ‘ तिम्रो कोही ब्वाइफ्रेड छ । ’

उसले सजिलै भनी ‘ छ , तर बाबुआमा को इच्छा विपरीत जान नसक्ने । ’
यो कुरो लाई अगाडि बढाएर जिन्दगी भरी पीडामा बस्नु बाहेक अरू विकल्प थिएन , मैले पनि कुरो बदलि हाले पारा उहीँ दबङ्ग को थियो ‘ हाम्रो पनि कहाँ जिएफ नभएको हो र बाबुजी को कर्ले खुट्टा लाई दुख दिएको मात्रै हो । ’
यती भन्दै कान तिर फोन राख्दै साथी को एक्सिडेन्ट् को बाहाना बनाउँदै त्याहाबाट निस्कने घोँषणा गरियो