केपी ओली र ईश्वर पोखरेलले गरे एमालेकै बेइजत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

केपी ओली र ईश्वर पोखरेलले गरे एमालेकै बेइजत



३० असोज, काठमाडौं ।

माओवादीसंग गठबन्धन गरेर वा विभिन्न पार्टीका नेतालाई धमाधम एमालेमा भित्र्याएर फुर्सद नपाएका एमाले नेता केपी ओली आइतबार दिनभरि पसिनाले निथ्रुक्क भिजेका देखिन्थे । त्यस्तै एमालेकै महासचिव ईश्वर पोखरेल पनि निकै नै प्रेसरमा भएको आभाष हुन्थ्यो । खासमा ओली र पोखरेलले गर्दा एमाले पार्टीकै बेइजत भयो ।

 

इश्वर पोखरेल र केपी ओलीको जिम्मेवारी अनुसार समानुपातिक तर्फको बन्दसूची तयार पार्नु थियो । निर्वाचन आयोगले आइतबार समानुपातिक तर्फको सुची बुझाउने कार्यतालिका दिएको थियो । एमालेले केन्द्रीय संसदका ११० र प्रादेशिक संसदका २२० जना समानुपातिक उम्मेदवारको बन्द सुची बुझाउनु पर्ने थियो ।

समय सकिन लाग्दा समेत जिम्मेवारी पाएका ओली र पोखरेलले सुची तयार पार्न नसकेपछि एमालेकै केहि नेताहरुले कार्यक्षमता माथि प्रश्न उठाएका थिए ।

एमालेले आइतबार रातिसम्म पनि उम्मदेवारहरुको सूची बनाउन सकेन र एउटा डमी सूची बनाएर आयोगमा कृष्णगोपाल श्रेष्ठमार्फत दर्ता गरायो । अबको सातदिन भित्र पार्टीको बैठक बसेर उम्मेदवारको टुंगो लगाउने गरि आयोगमा डमी सुची पथाइएको हो ।

यधपी: उम्मेदवारी छनोटमा अध्यक्ष ओली र महासचिव ईश्वर पोख्रेलले एकलौटी गरेको माधव नेपाल पक्षको गुनासो छ ।