बेला-बेला टाउको दुखिरहन्छ भने अपनाउनुहोस् समाधानका यी ८ उपाय « Himal Post | Online News Revolution
Logo

बेला-बेला टाउको दुखिरहन्छ भने अपनाउनुहोस् समाधानका यी ८ उपाय



आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् ।

माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ ।

 गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने ।

 दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने ।

 कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ )को सेवन नगर्ने ।

 चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने ।

 अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने ।

 भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने ।

 चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने

 कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।

अकु. विशाल श्रेष्ठ, अकुपञ्चरिष्ट ब्लुलोटस अस्पताल, टेकु काठमाडौं ।

स्वास्थ्य खबरपत्रिकाबाट साभार