राजधानीमा यस्तो बेलुन सधै उडाउने तयारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

राजधानीमा यस्तो बेलुन सधै उडाउने तयारी



काठमाडौं, असोज २५ 

आश्चर्यमा नपर्नुहोला, आगामी फागुनको पहिलो सातादेखि कीर्तिपुरको आकाशमा एकाबिहानै नयाँ खालको बेलुन उड्नेछ ।

त्यो बेलुन कुनै कम्पनीको नयाँ उत्पादनको विज्ञापन नभई वायुमण्डलको हावापानी र बादलको अवस्था जानकारी दिने रेडियो सोन्ड हुनेछ ।

हरेक बिहान ५:४५ बजे उडाइने वेदर बेलुन जमिनबाट करिब २० किलोमिटर माथिसम्म पुग्नेछ ।

बेलुनले त्यहाँको तापक्रम, वायुको गति तथा दिशा, बादलको अवस्था सापेक्षिक आद्रतालगायतको अवस्थाबारे जमिन/सतहमा रहेको तथ्यांक संकलन गर्ने स्टेसन (डाटा सेन्टर) मा पठाउनेछ ।

ती तथ्यांकलाई प्राविधिकले कम्प्युटरमा डाउनलोड गर्नेछन् ।

आजको कान्तिपुरमा खबर छ ।