राजस्थान रोयल्सलाई अर्को ठुलो धक्का - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राजस्थान रोयल्सलाई अर्को ठुलो धक्का



काठमाडौं- इन्डियन प्रिमियर लिग आइपिएलको जारी सिजनमा राजस्थान रोयल्सले एकपछि अर्को झट्का बेहोरेको छ । जोफ्रा आर्चर गुमाएको यो टोलीले अलराउन्डर बेन स्टोक्सलाई पनि जारी सिजनमा गुमाएको छ

बेन स्टोक्सले आइपिएलको जारी सिजनका बाँकी सबै खेलहरु गुमाउने भएका छन् । फ्रेन्चाइज टोली राजस्थान रोयल्सबाट खेल्‍ने गरेका स्टोक्स औंलाको चोट बोक्दै मैदानबाहिर नै रहने भएका हुन् ।

सोमबार पञ्‍जाब किङ्सविरुद्धको खेलमा क्याच लिने क्रममा उनले बाँया हातको औंलामा चोट बोकेका हुन् ।

पहिले नै तीव्र गतिका बलर जोफ्रा आर्चरको कमी व्यहोरिरहेको राजस्थानलाई स्टोक्सको चोटले थप धक्का लागेको छ । आर्चर भारतविरुद्धको श्रृंखलादेखि नै मैदानबाहिर रहेका छन् । यद्यपि आर्चरले सामान्य अभ्यास भने सुरु गर्न थालेको बताइएको छ ।

चोटपछि मैदानमा नउत्रिए पनि स्टोक्स आइपिएलको सिजन अन्त्यसम्म टोलीको समर्थनमा भारतमै रहने क्लबले जनाएको छ । मैदानमा नदेखिए पनि उनी डगआउटमा भने देखिनेछन् ।

स्टोक्सको विकल्पका रुपमा राजस्थानसँग दक्षिण अफ्रिकी ब्याट्सम्यान डेभिड भिलर र इंग्ल्यान्डका लियाम लिभिङस्टोन रहेका छन् ।