वेनु पाण्डेको लोक दोहोरी गीत “उत्तै बस सुख काटेर ” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

वेनु पाण्डेको लोक दोहोरी गीत “उत्तै बस सुख काटेर ” बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे/पुस २९ 

नेपाली गीत सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई समेटेर गीतहरू तयार हुँदै आएका छन् । मैले जति माया गरे पनि तिमी मेरी हुन सकिन्नौ , विश्वास गरेर ज्यान दिदा पनि मलाई छाडेर गयौ ढाटेर गयौ माया मा विश्वास हुन्छ तर विश्वास गरेको मान्छे ले छोडेर जाँदा कसको मन रुन्न होला र यस्तै यस्तै विषय वस्तुलाई समेटेर बनेको वियोगान्त कथामा आधारित ” उत्तै बस सुख काटेर ” बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

झुटो माया गरेर फसायौ, मलाई रुवाई दुनियाँ हसायौ, जस्ता शब्दले सजिएको गीतमा मघुसुदन वञ्जाडेको लय र वेनु पाण्डेको शब्द मघुसुदन वञ्जाडे र वेनु पाण्डे कै स्वर पनि रहेको छ ।

पछिल्लो समयका व्यस्त निर्देशक कुमार के.सीको निर्देशन रहेको भिडियोमा मिथुन खत्री र अनिता ठकुरीले अभिनय गरेका छन् ।
भिडियोलाई अजय रेगमीले छायाँकन तथा अनुप सिवाकोटीले सम्पादन गरेका हुन । उत्तै बस सुख काटेर बोलको गीतलाई उज्यालो म्युजिक प्रा.ली. ले बजार व्यवस्थापन गरेको हो।

https://youtu.be/oATwUrMnKQE