स्टेसन म्यानेजर पदमा भँगेरि चरी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

स्टेसन म्यानेजर पदमा भँगेरि चरी



हिमाल  पोष्ट / १४ मंसिर, काठमाडौं ।  रेडियाको स्टेसन म्यानेजर पदमा भँगेरो नियुक्त भएको छ ।

अछामको पहिलो सामुदायिक रेडियो रामारोशन एफएमले रेडियोको स्टेसन म्यानेजरमा भँगेरो नियुक्त गरेको हो ।

रेडियोको प्रशारण केन्द्रमा १ वर्षदेखि बसिरहेको भँगेरोलाई सोमबारबाट लागू हुने गरी मानार्थ स्टेसन म्यानेजर पदमा नियुक्त गरिएको कार्यकारी निर्देशक वेदप्रकाश तिमल्सिनाले बताए ।

लोपन्मुख अवस्थामा रहेकाले पन्छीको संरक्षणका लागि दबाब पुगोस् भन्ने उदेश्यले भँगेरोलाई स्टेसन म्यानेजर नियुक्त गरिएको रेडियोले जनाएको आजको अन्नपूर्णमा समाचार छ ।

रेडियोको स्टुडियो रहेको घरमा गौँथलीले लगाएको गँुड कब्जा गरी एक्लो भगेरो बसिरहेको छ ।
सोमबार बसेको रेडियो सञ्चालक समितिको बैठकले भँगेरोलाई मानार्थ स्टेशन म्येनेजर पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।