गुल्मीको एकै गाउँमा ४ सय बिरामी « Himal Post | Online News Revolution
Logo

गुल्मीको एकै गाउँमा ४ सय बिरामी



भदौ २१, काठमाडौं-

गुल्मीको मुसिकोट १ पौंदीअमराईको थामडाँडा भाईरल संक्रमण तीव्र भएको छ ।

गाउँभरिका मान्छे बिरामी भएपछि स्थानीय ३ विद्यालयको पढाईसमेत प्रभावित छ ।

नेटा स्वास्थ्यचौकी ईन्चार्ज पदमलाल अधिकारीका अनुसार थामडांडा गाउँभरी भाईरल फैलिएको छ ।

प्रभावित क्षेत्रमा दुईजना स्वास्थ्यकर्मी टोली खटाईएको छ ।, गाउँका ३,४ सय जना प्रभावित छन्, उनले भने, उपचार जारी छ ।

धेरैजसोमा रुघा, खोकी, ज्वरो र शरीर दुख्ने समस्या देखिएको अधिकारीले बताए ।

आजको कान्तिपुरमा यो खबर छ ।