महायज्ञका लागि भजन बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

महायज्ञका लागि भजन बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे
श्रीकालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान मालुङ्गा स्याङ्जा र पाल्पाको हुँगीको आयोजनामा यही असोज २७ गते देखि कार्तिक ७ गतेसम्म स्याङ्जा मालुगा र पाल्पा हुँगीको काली किनार उत्तर गण्डकी क्षेत्रमा गर्न लागीएको महायज्ञका लागि दुर्गा पंगेनीको शब्द र पुरुषोत्तम गैह्रेको लयमा विन्द्यवासीनी म्युजिकले एउटा भजन बजारमा ल्याएको छ । जसमा शिशिर योगि,पशुपति शर्मा,कला पंगेनी, टीका पुन र सपना गाहाले स्वर भरेका छन्।

14184505_1038215252958778_3098209994112506636_n

स्यंव मालुङ्गाको भुभागनै तीनतिर बाट कालीगन्डकीले घेरिएर शिवलिङ्गको आकारमा रहेको र यस महायज्ञ गर्न लागीएको क्षेत्रमा कालीगन्डकी उत्तर दिशा भएर बगेकी हुँदा यो भूमि देवभुमी हो भन्ने धार्मिक मान्यता रहेको छ । यसको प्रचार-प्रसार विश्वमा गर्न सके यसक्षेत्रको र समग्र नेपालको हित हुने र हिन्दुधर्मावलम्बीको एक आकर्षरणको केन्द्र बन्न सक्ने कुरा बताउनुहुन्छ श्रीकालीगन्डकी ज्ञानविज्ञान प्रतिस्ठानका अध्यक्ष प्रभु श्रीचैतन्य कृष्ण।

स्याँड•जा र पाल्पाको सिमानामा अवस्थित महालिंगाधाम मालुङ्गामा धार्मिक पद्धति बाट पर्यटन विकास सहित विश्व शान्तिको कामना गर्दै गर्न लागीएको उक्त महायज्ञमा पतंजली योग पिठका आचार्य श्रीवालकृष्ण महाराजको विशेष सानिध्य साथै युवा युवाप्रखरवक्ता श्रीचैतन्य कृष्णजीको धाराप्रवाह प्रवचन मुख्य आकर्षण रहनेछन । नेपालका ख्याती प्राप्त कलाकार हरुवाट भजन गाउने कार्यक्रम रहेको उक्त कार्यक्रम भक्तिदर्शन एवं आस्था च्यानल बाट संसारभर प्रत्यक्ष प्रसारण हुने कुरा समेत महायज्ञ मूल आयोजक समितिका संयोजक श्री शंकरप्रसाद पाण्डेयले जानकारी दिनुभयो।

हिन्दु धर्मको रक्षा गर्दै आयुर्वेद शिक्षमा जोड दिन र यस स्याङ्जा मालुङ्गा र पाल्पा हुँगीको नदी किनारमा अवस्थित समथर भूभागमा प्राकृतिक चिकित्शालय खोल्ने योजनमा रहेको छ । महायज्ञको उद्धेश्य माथि प्रकाश पार्दै श्री काली गण्डकी ज्ञानविज्ञान प्रतिस्ठानका उपाध्यक्ष समेत रहनुभएका पदम अर्यालले जानकारी दिनुभयो।