यस्ता छन्, भक्तपुरका काँग्रेस उम्मेदवारहरुका प्रतिबद्धता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यस्ता छन्, भक्तपुरका काँग्रेस उम्मेदवारहरुका प्रतिबद्धता



  बैशाख,२० भक्तपुर ।

आगामी स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट भक्तपुरका विभिन्न नगरको नगर प्रमुख पदमा उम्मेदवार बनेका नेताहरुले आफ्नो विजयसँगै नगरमा बिकासको पाटोलाई पहिलो सूचिमा राखेका बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षत्कार कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकामा काँग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बिष्णुराज कार्कीले आफनो जितसँगै सूर्यविनायक नगरको शिक्षा, स्वास्थ्य र सडक विकासलाई प्राथमिकतामा राखेका बताए ।

उनले सूर्यबिनायक नगरपालिकामा रहेका धार्मिक क्षेत्रको बिकास गर्दै यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा अगाडि बढाउने र यो सफल हुने बताए ।

भक्तपुर नेपालकै सफल कृर्षि उत्पादनको जिल्लाको रुपमा रहेको र कृर्षिलाई आधुनिकरण गर्दै स्वरोजगारीको अवसर श्रृजना गर्ने बताउँदै उनले भक्तपुरको सूर्यबिनायक नगरपालिकामा बन्न लागेको राष्ट्रिय प्राणी उद्यानको पूर्णता तर्फ अग्रसर बन्दै यस नगरमा भएका जैबिक विविधताको संरक्षण प्रर्वद्धनमा आफ्नो भूमिका अहंम रहने बताए ।

यसैगरी, चाँगुनारायण नगरपालिकामा काँग्रेसका उम्मेदवार राजाराम खड्काले आफ्नो जितसँगै चाँगुनारायण क्षेत्रको समग्र समृद्धिका साथै यहाँको पर्यटन विकास र खानेपानी तथा सडक विस्तारमा लागि पर्ने प्रतिबद्धता जनाए ।

नेपाल मजदुर किसान पार्टीको गढका रुपमा रहेको भक्तपुर नगरपालिकामा काँग्रेसको तर्फबाट मेयरको उम्मेदवार भएका राम प्रसाद कासुलाले भक्तपुरको समग्र विकासका साथै यहाँको शिक्षा, खानेपानी सडक र ढल निकासको समस्यालाई समाधान गर्ने बताए ।