भक्तपुरमा निर्वाचन सुरक्षा अबस्था कडा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भक्तपुरमा निर्वाचन सुरक्षा अबस्था कडा



बैशाख २७ भक्तपुर ।

 

जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा भक्तपुरका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको सुरक्षा अबस्था कडा पारिएको बताएका छन् । रफत सञ्चार क्लबले आज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले यस्तो बताउएका हुन् ।

उनले जिल्लाको भौगोलिक अबस्थालाई ध्यान दिएर तीन तहमा सुरक्षा योजना बनाएको बताउँदै यसका लागि १९ सय देखि २ हजारसम्म सुरक्षाकर्मीहरु खटाईएको जानकारी दिए ।

उनले निर्वाचनलाई शान्तपूर्वक सम्पन्न गर्न ११ सय निजामति कर्मचारी खटाईसकेको र सबै कर्मचारी आज नै मतदान केन्द्रमा पुगिसक्ने बताए ।

जिल्लामा निर्वाचनको दिन कुनै अप्रिय घटना घटेको अबस्थामा ५ मिनेटभित्रै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने व्यवस्था गरिएको बताउँदै उनले निर्वाचनको सबै सुरक्षाका लागि आबश्यक व्यवस्था पुरा गरिएको जानकारी दिए ।

बैशाख ३१ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया हुने र मतदाता पाँच बजे सम्म लाईनमा बसे समय थप गरिने समेत जानकारी दिए । उनले ३१ गते मात्रै नभई मतगणना नसकिदासम्म सुरक्षा अबस्थाको प्रबन्ध मिलाईएको बताए ।

कार्यक्रममा प्रजिअ पोखरेलसहित सुरक्षा समितिका वीर दल गण नेपाली सेनाका कर्नेल अमृतकाजी गुरुङ। भत्तपुर प्रहरी प्रमुख एसपी किरण राणा राष्ट्रिय अनुसन्धानका प्रमुख समिर केसी लगायतका जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष सुशिलबन्धु थापाको अध्यक्षतामा भएको थियो ।