भक्तपुरमा पहिलो पटक पित्तथैलीको पत्थरी सम्बन्धी १ महिने स्वास्थ्य शिबिर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भक्तपुरमा पहिलो पटक पित्तथैलीको पत्थरी सम्बन्धी १ महिने स्वास्थ्य शिबिर



हिमाल पोष्ट\ बैशाख, ११ भक्तपुर

 

डाक्टर इवामुरा मेमोरियल अस्पताल भक्तपुरले एक महिने पित्तथैलीको पत्थरी सम्बन्धी स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । आज भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रममा अस्पतालका मेनेजर रन्जीत मारिखुले शिविर आयोजनाका लागि आबश्यक तयारी भैरहेको जानकारी दिएका हुन् ।

उक्त शिविरमा डेढसय जनाको अप्रेशन गर्ने योजना रहेको पनि उनले बताए । भक्तपुरमै पहिलो पटक अत्याधुनिक मेशिनको प्रयोग गरेर पित्तथैलीमा भएको पत्थरीको अप्रेशन गर्न लागिएको मेनेजर मारिखुले दिए ।

अस्पतालले शिविर अवधीमा उपचारमा आएका विपन्न परिवारका नागरिकलाई ६५ प्रतिशत छुट दिने भएको छ ।