राष्ट्रपति भण्डारीको समर्थनमा एमालेको प्रदर्शन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

राष्ट्रपति भण्डारीको समर्थनमा एमालेको प्रदर्शन



राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा नेकपा एमालेले प्रदर्शन गरेको छ । नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकका विरुद्ध नेकपा एमाले सडकमा उत्रिएको छ ।

एमालेको भातृ संगठन युवा संघ नेपालले बुधबार उक्त विधेयकको विरोध र राष्ट्रपतिको कदमको समर्थनमा प्रदर्शन गरेको छ ।

संघीय संसदलले दोस्रोपटक प्रमाणीकरण गर्न पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर संविधानविपरीत कार्य गरेको टिप्पणी भइरहँदा एमालेले त्यसको बचाउमा युवा संघलाई सडकमा उतारेको छ ।

बुधबार युवा संघले ‘लेण्डुप दोर्जेहरू होसियार’, ‘राष्ट्रघाती विधेयक चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो ।

राष्ट्रपतिले असंवैधानिक कार्य गरेको भन्दै सत्ता गठबन्धनले आलोचना गरिरहँदा युवा संघले राष्ट्रपतिको समर्थनमा बुधबार बानेश्वरमा प्रदर्शन गरेको हो ।