भारतको बेहाल: एकै दिनमा ६५ हजार संक्रमित, मृत्यु कति ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भारतको बेहाल: एकै दिनमा ६५ हजार संक्रमित, मृत्यु कति ?



काठमाडौं- छिमेकी मुलुक भारतमा शनिबार एकै दिनमा ६५ हजार १ सयभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

भारतमा एकै दिनमा यति ठूलो संख्या संक्रमित थपिएको यो पटक हो । यसअघि साउन २२ गते ६२ हजार १ सय ७० जनामा संक्रमण पुष्टि भएको थियो भने २३ गते शुक्रबार ६१ हजार ४ सय ५५ जना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढि महाराष्ट्रमा १२ हजार ८ सय २२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै आन्ध्राप्रदेशमा १० हजार ८०, कर्णाटकमा ७ हजार १ सय ७८, तमिलनाडुमा ५ हजार ८ सय ८३, उत्तर प्रदेशमा ४ हजार ६ सय ६०, बिहारमा ३ हजार ९ सय ९२ जना संक्रमित थपिएका छन् ।

भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ८ सय ७५ जनाको मृत्यु भएको छ । जसमध्ये महाराष्ट्रमा मात्रै २ सय ७५ जना छन् ।

भारतमा अहिले ४२ हजार ५ सय १८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ भने २० लाख ४६ हजारभन्दा धेरै संक्रमित भएका छन् ।