भारत भन्छ: दार्चुला घटनाबारे नेपालले केहि जानकारी गराएको छैन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारत भन्छ: दार्चुला घटनाबारे नेपालले केहि जानकारी गराएको छैन



काठमाडौं । भारतीय विदेश मन्त्रालयले दार्चुला तुइन प्रकरणको छानबिन प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ ।

बिहीबार मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रतिवेदनबारे मिडियाबाट थाहा पाएपनि औपचारिक जानकारी नभएको बताएका हुन् ।

“हामीले पनि मिडियामा देख्यौँ । तर, हामीलाई औपचारिक रूपमा केही आएको छैन । नेपालको आन्तरिक छानबिन प्रतिवेदनबारे हामीलाई कुनै जानकारी छैन,” उनले भने ।

गत साउन १५ गते दार्चुलाकाे व्यास गाउँपालिकाका जयसिंह धामी ‘भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन खुस्काइदिएपछि’ महाकालीमा बेपत्ता भएका थिए ।

गृह मन्त्रालयका सहसचिव नेतृत्वको छानबिन समितिले बुधबार बुझाएको प्रतिवेदनमा एसएसबीकै उपस्थितिमा घटना भएको र भारतसँग कूटनीतिक पहलमार्फत छानबिन गरी दोषीमाथि कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति दिन भनेकाे थियाे ।