भारतको उत्तराखण्डमा त्रिवेन्द्रसिंह रावतद्वारा राज्यको नवौँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भारतको उत्तराखण्डमा त्रिवेन्द्रसिंह रावतद्वारा राज्यको नवौँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण



ईन्द्र कमल जैरु /नयाँ दिल्ली 

भारतको उत्तराखण्ड राज्यमा त्रिवेन्द्रसिंह रावतले शनिवार राज्यको नवौँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् । १९  वर्ष आरएसएसको प्रचारक रहेका त्रिवेन्द्रसिंह रावत डोइवालाबाट जितेर तेरुाो पटक विधायक बनेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा राष्ट्रिय अध्यक्ष अमित शाहको नज्दिकी मानिने त्रिवेन्द्रसिंहको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाह पनि उपस्थित रहेका थिए । त्यसै गरी शनिबारै सतपाल महाराज, हरकसिंह रावत, प्रकाश पन्त, मदन कौशिक, यशपाल आर्य, अरविन्द पाण्डे, र सुबोध उनियालले पनि मन्त्री मन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण समारोहमा रेखा आर्य र धनसिंह रावतले राज्यमन्त्रीको रूपमा शपथ लिएका छन् । भर्खरै भएको उत्तराखन्डको निर्वाचनमा ७० सिट मध्ये भाजपालाई५७  सिटमा, काँग्रेसलाई ११  सिटमा र २ सिटमा अन्य उम्मेदवार विजयी भएका थिए ।